दफा २५
अनुसन्धान डायरी राख्नु पर्ने
(१) यस परिच्छेद अन्तर्गत अनुसन्धान गर्ने प्रहरी अधिकृत वा अनुसन्धान अधिकारीले अनुसन्धानको सम्बन्धमा आफूले गरेको प्रत्येक काम कारबाही तत्कालै अभिलेख गर्नको लागि अनुसूची–१८ बमोजिमको ढाँचामा अनुसन्धान डायरी खडा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम खडा गरेको डायरीमा त्यस्तो प्रहरी अधिकृत वा अनुसन्धान अधिकारीले देहायका कुराको अभिलेख राख्नु पर्नेछः–
(क) कसूरको सूचना पाएको मिति, समय र सोको संक्षिप्त विवरण,
(ख) अनुसन्धानको सिलसिलामा निजले गरेको काम, कारबाही,
(ग) अनुसन्धानको सिलसिलामा निजले भ्रमण गरेको ठाउँ,
(घ) अनुसन्धानको सिलसिलामा प्राप्त दसी, प्रमाण र अन्य आवश्यक कुरा,
(ङ) अनुसन्धानको सिलसिलामा कसैलाई पक्राउ गरिएको भए त्यसको विवरण,
(च) अनुसन्धानको सिलसिलामा आफूले सोधपुछ गरेका मानिसको नाम, ठेगाना र निजले कसूरको सम्बन्धमा बताएको कुरा,
(छ) पक्राउ परेका वा बुझिएका मानिसको स्वभाव,
(ज) अनुसन्धानको सिलसिलामा प्राप्त अन्य सम्बद्ध तथ्य वा जानकारी ।
(३) उपदफा (१) बमोजिम ……. खडा गरेको डायरी आवश्यकता अनुसार सरकारी वकिल वा अदालतले झिकाई हेर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम खडा गरेको डायरीमा उल्लिखित विषयवस्तुका सम्बन्धमा सम्बन्धित अनुसन्धान अधिकारीभन्दा माथिल्लो तहको अधिकारीले चाहेमा निरीक्षण गरी अनुसन्धानका सन्दर्भमा आवश्यक निर्देशन समेत दिन सक्नेछ ।